बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ : बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ८३ मतको अग्रता लिएका छन्।

सिंह ९ हजार १ सय ६७ र नेकपा एमालेका दमन बहादुर भण्डारी ९ हजार ८४  मतका साथ कडा प्रतिस्पर्धामा छन्।

त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार ५ सय ३५ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार ३ सय ४७ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया