बझाङ, मंसिर १७ । बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धीरेन्द्र पुजारा विजयी भएका छन् ।
उनी निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लखिचन्द्र बोहरालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
पुजाराले ६५७ मत प्राप्त गरेर भने बोहराले ४८७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।