बजारमा कति छ आज सुनको मूल्य

काठमाडौं, पुस ९ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

सुन आज प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

आज सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने बढेको छ ।

चाँदी आज तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया