प्रहरीलाई पैसा दिनुपर्छ भन्दै यात्रुबाट रुपैयाँ लिने दुई जना अटो चालक पक्राउ

धनगढी, कार्तिक २३ । नेपाली प्रहरीलाई पैसा दिनुपर्छ भन्दै भारतको गौरीफन्टा नाकाबाट नेपाल आउँदै गरेका अटोमा सवार व्यक्तिबाट भारतीय दुई हजार रुपैयाँ अशुल्ने दुई जना अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले कैलाली गोदावरी नगरपालिका वडा नं. २ अत्तरीयाका २७ वर्षीय लोकेन्द्र ओझाबाट रुपैयाँ लिने अटो चालक धनग ढी उपमहानगरपालिका वडा नं. ३ मिलन चोक बस्ने २८ वर्षीय मानबहादुर बयाडी र वडा नं. २ चौराह बस्ने ३१ वर्षीय करन बोहरालाई पक्राउ गरेको हो ।

नेपाली सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भन्दै यात्रुबाट रुपैयाँ मागेर सुरक्षा संगठनलाई नै बदनाम गर्ने कार्य गरेको उनीहरु दुबै जनालाई नियन्त्रणमा लिएर कानून अनुसार कारबाही गरी
पीडितको रकमसमेत फिर्ता गराइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया