प्रसिद्ध धार्मिकस्थल बेहडाबाबामा पार्किङका नाममा चर्को शुल्क असुली

१६ जेठ, धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर १७ रामपुरमा रहेको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरू भएको छ ।

आजबाट सुरू भएको मेला हेर्न सुदूरपश्चिम र भारतको उत्तर प्रदेशबाट ठुलो संख्यामा भक्तजन आउने गर्छन । तर, मेला हेर्न गएकाहरूबाट पार्किङको नाममा रकम असुल्ने काम भइरहेको सर्वसाधारणले गुनासो गरेका छन ।

बेहडाबाबा दर्शन गर्न जानेबाट मन्दिर व्यवस्थापन समितिले पार्किङको नाममा चर्को असुली गर्न थालेको हो ।

मन्दिर व्यवस्थापन समितिले मोटरसाइकल, स्कुटर पार्किङ गरेको एक सय, अटोरिक्सा पार्किङको दुई सय, ट्याक्टरको तीन सय, जिप र कारको दुई सय पचास र बस पार्किङ गरेको ४५० रुपया असुली गरिरहेका छन ।

मन्दिर दर्शन गर्न जानेबाट चर्को रकम असुली हुन थालेपछि यसको चौतर्फी बिरोध भएको छ । मन्दिर व्यवस्थान समितिले पार्किङ शुल्क घटाएर लिने बताएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले मोटरसाइकल र स्कुटरको ६० रुपैयाँ र कार जिपको १२५ रुपैयाँ लिन निर्देशन दिएको अध्यक्ष जोशीले बताए ।

तपाईको प्रतिक्रिया