प्रमाणपत्रमा बिग्रीएकाे नाम थर सच्याउन पाउने

७ भदाै , काठमाडौं : जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेर समस्यामा परेका विद्यार्थीका लागि अब सहज हुने भएको छ ।

सरकारले यससम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको हो । संशोधनअनुसार अब यसअघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिने भएको छ  ।

यसअघि प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान थियो । यसलाई पाँच वर्ष बनाइएको छ । तर, पाँच वर्ष नाघेकाहरुकाे हकमा पनि यो नियम लागू भएको एक वर्षभित्र दरखास्त दिए सच्याउन सकिने प्रावधान राखिएको छ ।

 

 

तपाईको प्रतिक्रिया