प्रधानमन्त्री कप पुरूष क्रिकेट : सुदूरपश्चिम छनौट पुस ८ देखि

बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौट यहि पुस ८ गतेदेखि शुरू हुने भएको छ।

छनौट खेलहरू बैतडीको दशरथचन्द क्रिकेट मैदान,सुन्दरखाली र फाप्ला क्रिकेट मैदान,कैलालीमा हुनेछन् ।
बैतडीमा प्लेट च्याम्पियनसिप, कैलालीमा ईलिट च्याम्पियनसिपका खेलहरू हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिनुभयो ।

प्लेट च्याम्पियनसिपमा दार्चुला,बझाङ,डडेल्धुरा,डोटी तथा ईलिट च्याम्पियनसिपमा बैतडी,कैलाली,कञ्चनपुर र अछाम सहभागी हुनेछन् ।
गतवर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन्।

प्लेट च्याम्पियनसिपको विजेता टोलीले ईलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले बताउनुभयो ।

प्लेट च्याम्पियनसिपको उद्घाटन खेलमा पुस ८ गते दार्चुला र डडेल्धुरा खेल्नेछन् । ईलिट च्याम्पियनसिपको उद्घाटन खेलमा पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपको विजेता टोलीबीच खेल हुनेछ।

खेलाडीहरूको क्षमता अभिबृद्धिका प्लेट र ईलिट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।यसअघि सुदूरपश्चिम प्रदेशमा महिला छनौटका लागि पनि यस्तै प्रतियोगिता आयोजना गरिएको थियोे ।

तपाईको प्रतिक्रिया