प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित

२७ वैशाख, काठमाडौं : प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

आकस्मिक समयको मागसहित राप्रपा सांसदहरूले सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
बुधबारको बैठक शुरू हुनासाथ राप्रपा दलका नेता राजेन्द्र लिङ्देनसहितले उभिएर आकस्मिक समय मागेका थिए ।

तर, सभामुखले कार्यं व्यवस्था परामर्श समितिको बैठकमा शून्य समयअघिको कुनै आकस्मिक समय नदिने सहमति भएको स्मरण गराएर बैठक अघि बढाउन खोज्दा रोष्टम घेराउ गरेर अवरोध गरेका हुन् ।

तपाईको प्रतिक्रिया