प्रजिअ हमाललाई कैलाली उद्योगा वाणिज्य संघको स्वागत

धनगढी, २८ पुस/हालै सरुवा भएर आउनुभएका कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई एक कार्यक्रमको आयोजना गर्दै कैलाली उद्योग वाणिज्य संघले स्वागत गरेको छ। संघको सभा कक्षमा सम्मान कार्यक्रमको आयोजना गर्दै कैलाली उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई स्वागत तथा भेटघाट गरेको हो ।
अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले स्वागत गर्नुभएको थियो । ३४ नम्बर गाण्का सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर बोहरा, जिल्ला उप—अनुसन्धान निर्देशक मोहन कुँवर, कैलाली उद्योग वाणिज्य संघका पदाधिकारी, सल्लाहकार, सदस्य तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।
व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी समक्ष चोरी तस्करी नियन्त्रणका साथै रात्री कालिन व्यवसाय सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले व्यवसायीहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

तपाईको प्रतिक्रिया