काठमाडौं, कार्तिक ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै अब कुनै पनि धाकधम्कीले नेपाली समाज नडराउने जवाफ दिएका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जवाफ फर्काएका हुन् । उनले अब धम्कीको राजनीतिले काम नगर्ने बताए ।
माटामूनि लुकाइएका र खिया लागेका हतियारले अब काम नगर्ने भन्दै अध्यक्ष ओलीले नेपाली समाजलाई झूटो प्रचार गरेर धम्की नदिन माओवादीलाई सुझाव दिए ।
यसअघि शनिबार पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा सरकार अभद्र भए सडकमै घिसारेर अभद्र तरिकाबाटै जवाफ मागिने चेतावनी दिएका थिए ।