डोटी, कात्तिक २६। डोटीको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ।
नेकपा एमाले पूर्वीचौकी गाउँकमिटीले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो। एमाललेले ७२ घण्टे ध्यानार्कषण पत्रको सम्बोधन नभएपछि तालाबन्दी गरिएको जनाएको छ।
एमालेले एक प्रेस विज्ञप्तिमा जारी गर्दै पूर्वीचौकी गाउँपालिकाले स्वइच्याचारी गतिविधि तथा कार्यहरु सच्याउन र जनतालाई सहज र सरल रुपमा सेवा सुविधा उपलब्ध गराउनका लागि पेश गरेको ७२ घण्टे ध्यानार्कषण पत्रको सम्बोधन नभएपछि तालाबन्दी गरिएको जनाएको छ।
उक्त प्रेस विज्ञप्तिमा भुकम्प पिडितहरुलाई राहात तथा पुर्नस्थापना, स्वास्थ्य, कृषी तथा कृषी पशुु स्वास्थ्यमा संबेदनशिल बन्न, १० शैययाको अस्पताल सञ्चालनमा ल्याउन लगाएतका ५ बुँदे माग राखिएको छ। पूर्वीचौकीमा हाल कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष रहेका छन।