पुस ६ र ७ गते स्वस्तिक हस्पिटल धनगढीमा सर्जिकल क्याम्प हुने, यस्ता छन् सुवीधा

१३ मंसिर,धनगढी । मानव स्वास्थ्यमा आउने हरेक समस्याको एउटै समाधान, उच्चतम प्रविधि तथा गुणस्तरीय सेवा’ भन्ने नारा सहित धनगढी ३ चटकपुर सहिद गेटको अगाडी सञ्चालित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा. लि. मा आउँदो पुस ६ र ७ गते सर्जिकल क्याम्पको आयोजना हुने भएको छ । हस्पिटलले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत आफ्नै आयोजनामा हस्पिटल परिसरमै उक्त क्याम्प आयोजना गर्न लागेको हो ।

क्याम्पमा ओ।पी।डी। अल्ट्रासाउन्ड, बेड चार्ज र एक्स(रे निःशुल्क उपलब्ध हुने छन् भने अप्रेसन गर्न इच्छुक बिरामीलाई ३० प्रतिशत छुट दिइने अस्पतालका अध्यक्ष महेश राज जोशीले जानकारी दिए ।

अध्यक्ष जोशीका अनुसार क्याम्पमा टाउको तथा मेरुदण्ड, हाइड्रोशील, हर्नियाँ, पित्त थैलीको पत्थरी तथा मासु पलाएको, हड्डीमा राखेको रड तथा पिन निकालिने, पाठेघर सम्बन्धी समस्याको अप्रेसन, प्रोस्टेटको अप्रेसन, किड्नीको पत्थरी, शरीरमा देखा परेका अन्य गाँठा(गुठी समेतको अप्रेसन गरिने छ ।

जसका लागी पुस ६ र ७ गते स्वस्तिक हस्पिटलको सर्जिकल टिम कै उच्च विशेषज्ञहरू दिमाग, मेरुदण्ड तथा नशा रोग विशेषज्ञ सह।प्रा। डा। बिकेश खम्बु ९श्रेष्ठ०, एम।एस, एम।सी।एच न्युरो सर्जरी ९नेम्स,वीर अस्पताल० एन।एम।सी। नं। ६७३२ , मेरुदण्ड तथा हाड जोर्नी रोग विशेषज्ञ डा। उत्सब श्रेष्ठ एन।एम।सी। नं। ८८१७ एम।बी।बी।एस, एम।एस ९आर्थो० स्पाईन फेलो ९एन।एम।सी।सर्टिफाइड०, महिला, रोग तथा प्रसूति विशेषज्ञ डा। जगदीश विष्ट एम।बी।बी।एस, यम।एस। एन।एम।सी। नं। १०७३१, मिर्गौला तथा मूत्र प्रणाली रोग विशेषज्ञ डा। जोनस तिवारी एम।बी।बी।एस, एम।एस। एन।एम।सी। नं। १२३६७ र जनरल तथा ल्याप्रोस्कोपीक शल्य चिकित्सक डा। राजीव चौधरी एम।बी।बी।एस, यम।यस। एन।एम।सी। नं। १३५७२ उपचार तथा सर्जरी सेवा प्रदान गर्न उपलब्ध हुने हस्पिटलले जनाएको छ ।

यस्तै, अग्रिम नाम दर्ता गर्नको लागी स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलको आधिकारिक फोन नं। ०९१(५२०२११ र ०९१(५२०५१२ मा फोन गर्न सकिने छ ।

त्यस्तै, स्वस्तिक हस्पिटल धनगढीले स्थापना काल देखी नै हस्पिटलमा हुने सबै खाले उपचार गराउँदा सबै वार्ड तथा स्थानहरूमा मौसमको अवस्थाको आधारमा चिसो तातो ९एसी० जडित संरचना, आवश्यकताको आधारमा आरामदायी क्याबिनबाट सेवाहरू प्रदान गर्दै आएको छ । भने सामाजिक उत्तरदायित्व बहन गर्दै असहाय एवं बेसहारा प्रमाणित व्यक्तिहरूका लागी ३ ओटा बेड मार्फत निःशुल्क उपचार सेवा प्रदान गर्नुका साथै मात्र एक हजार रुपैयाँमा परिवार स्वास्थ्य प्याकेज र सात हजार पाँच सय रुपैयाँमा होलबडी चेकजाँच सेवा समेत प्रदान गर्दै आइरहेको जनाएको छ ।

 

यसका साथै, आइतबार देखी शुक्रवार सम्म निरन्तर ९ओपिडी० बहिरङ्ग सेवा मार्फत र इमरजेन्सी सेवा अन्तरगत हप्ताका सातै दिन २४ घण्टा छाती, फोक्सो तथा श्वासप्रश्वास रोग विशेषज्ञ सेवा, दिमाग, मेरुदण्ड तथा नशा रोग विशेषज्ञ सेवा, मेरुदण्ड तथा हाड जोर्नी रोग विशेषज्ञ सेवा, मिर्गौला तथा मूत्र प्रणाली रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, महिला,प्रसूति, तथा निःसन्तानपन रोग विशेषज्ञ सेवा, जनरल तथा ल्याप्रोस्कोपीक शल्य चिकित्सक सेवा, नाक, कान, घाटी रोग विशेषज्ञ सेवा, बाल रोग विशेषज्ञ सेवा, मुख तथा अनुहार शल्य चिकित्सक सेवा, एक्स(रे तथा भिडियो एक्स–रे सेवा र फिजियोथेरापी सेवा हस्पिटलले निरन्तर प्रदान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया