२७ असार, बैतडी : बैतडीको पाटन नगरपालिकामा नगर युवा सञ्जाल गठन गरिएको छ ।
सञ्जु भण्डारीको अध्यक्षतामा नगर युवा सञ्जाल गठन गरिएको हो । अध्यक्षका लागि चुनाव नै भएको थियो । भण्डारीले १५ मत ल्याएर अध्यक्षमा विजयी भए ।
उनका प्रतिश्पर्धी हरिश सिंह बिष्टले ५ मत ल्याए । बसन्त पाण्डेले ४ तथा बसन्त सिंह भट्टले ३ मत ल्याए ।
१० वटै वडाबाट वडास्तरीय युवासञ्जालका अध्यक्षसहित ३ जना प्रतिनिधिले मतादान गरेका थिए । वडा नं ५ बाट वडास्तरीय युवा सञ्जालका अध्यक्ष सहित तीनै जानाको उपस्थिति थिएन ।
अध्यक्षमा निर्वाचन भएपनि अन्य पदाधिकारीमा भने सहमती भएको थियो ।
उपाध्यक्षमा चन्द्रावती भट्ट, सचिवमा निरन्जन प्रशाद पन्त, सहसचिवमा धाना ऐरी, कोषाध्यक्षमा मोहन भट्टराई, सदस्यमा बसन्त प्रशाद भट्ट, बसन्त पाण्डे,हरिश सिंह बिष्ट, र बिक्रम चन्द चयन भएका छन् ।
युवा सञ्जालले युवा लक्षीत कार्यक्रम सञ्चालन, उद्यम विकास कार्यक्रम र नेत्तृत्व विकास कार्यक्रम कार्यान्वयनका समन्वय गर्ने शिक्षा साखा प्रमुख ललित पाण्डेयले जानकारी दिए ।