एजेन्सी । पाकिस्तानको एक रेलवे स्टेसनमा बम विस्फोट भएको छ ।
पाकिस्तानको बलुचिस्तानको क्वेटा सहरको रेलवे स्टेसनमा शनिबार बिहान बम विस्फोट भएको हो ।
विस्फोटमा परि २१ जनाको मृत्यु भएको छ भने कम्तीमा ४६ जना घाइते भएका छन् । अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का पनि व्यक्त गरेका छन् ।
मुहम्मद बलोचले भने कि घाइतेहरूलाई क्वेटाको सिभिल अस्पताल र ट्रमा सेन्टरमा रिफर गरिएको छ। यसैबिच बलुच लिबरेशन आर्मीले यस हमलाको जिम्मेवारी लिएको छ ।