धगनढी । नेपालको पश्चिमका अधिकांश हिमाली भेगहरुमा हिमपात सुरु भएको छ।
मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको हो। हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ।
बाजुरा र हुम्लामा गए रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ। हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात सुरु भएको वडा नं ६ का स्थानीय जयप्रसाद पाण्डेले बताउनुभयो।
यसैगरी गौमुलको दहकोट, मानाकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा सेताम्मे भएका छन्।
धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, पोरखे लेक, कालाजग्रा, दह डाँडा, बडालेख, खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपातले छोपेको छ।