परिवार नियोजन संघ कैलालीको अध्यक्षमा बम चयन

२३ असार, धनगढी  : नेपाल परिवार नियोजन संघ, कैलाली शाखाको अध्यक्षमा सुरेन्द्र बम चयन भएका छन ।

शाखाको ३० औँ वार्षिक साधारण सभाबाट उनी पुनः अध्यक्षमा चयन भएका हुन । संघको कोषध्यक्षमा जनकराज जोशी, महिला सदस्यमा भगवती वडाल, युवा सदस्यमा स्तुति आचार्य र मोनिका वड, सदस्यमा रञ्जना जोशी, कुश्मा जोशी, वीरेन्द्र विष्ट र शुभाषचन्द्र उपाध्याय चयन भएका छन ।

उनीहरु तीन वर्षका लागि चयन भएका हुन । संघको ३० औँ साधारण सभामा वार्षिक कार्यक्रम तथा आर्थिक प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो ।

तपाईको प्रतिक्रिया