धनगढी । नेपाल पत्रकार महासंघ कैलाली शाखाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
हिजो (शुबmबार) सम्पन्न निर्वाचनको अन्त्मि मत परिणाम सार्वजनिक भएको हो । निर्वाचनले संघको अध्यक्षमा श्रवण देउवासहित आठ जना निर्विरोध निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ ।
महासंघको उपाध्यक्षमा बिराज रोस्यारा, सचिवमा तेजराज भट्ट, कोषाध्यक्षमा सुनिल आउजी, सहसचिव शंकर बोहरा र सह–सचिव (समावेशी) मा निराजन परियार विजयी भएका छन् ।
यस्तै खुला सदस्यमा बालकृष्ण ओझा, कैलाश जोशी, दिनेश विष्ट, गगन अयडी, रतनलाल चौधरी, वीरेन्द्र शाह, लोकुसिंह ठकुरी र चन्द्रप्रसाद खनाल विजयी भएका छन् । खुला सदस्य पदमा १५ जनाको उम्मेदवारी परेको थियो ।
यस्तै महिला सदस्यमा अनिता चौधरी, दलित सदस्यमा विवेक कुमार नागरी विजयी भएका छन् ।
यसअघि पत्रकार महासंघ कैलालीको अध्यक्षमा श्रवण देउवा, महिला उपाध्यक्षमा भावना जोशी र सह–सचिवमा शङ्कर बोहरा निर्विरोध निर्वाचित भइसकेका थिए ।
त्यस्तै आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य टेकसिंह धामी निर्विरोध निर्वाचित भएका थिए ।