पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्माको जित निश्चित

काठमाडौँ । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजय हुने निश्चित भएको छ ।

शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्षकी उम्मेदवार हुन्।

मधेश प्रदेशबाहेक बाँकी ६ प्रदेशमा मतगणना सकिँदा शर्माले निकटतम् प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी छन्। मधेशमा ७७२ मत खसेको छ। जुन मत शर्माले लिएको अग्रताभन्दा कम हो।

पछिल्लो मतगणनाअनुसार शर्माले ३ हजार ९ सय ७३ मत पाउँदा विष्टले २ हजार ८ सय २९ मत पाएका छन्। अन्तिम मत परिणाम आइतबार औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी छ।

तपाईको प्रतिक्रिया