नेपाल-भारतका कलाकारहरुद्वारा अभिनित चलचित्र ‘ह्रस्व दीर्घु’ कात्तिक ३० गते प्रदर्शन हँदै

धनगढी । सुदूरपश्चिम जन्मथलो रहेका निर्देशक चन्द्र पन्तको निर्देशन रहेको चलचित्र ‘ह्रस्व दीर्घु’ कात्तिक ३० गते प्रदर्शन हुने भएको छ।

सोमबार धनगढीमा निर्देशक पन्तले पत्रकार सम्मेलनको अयोजना गर्दै चलचित्र प्रदर्शनबारे जानकारी दिएका हुन् । उनले चलचित्रमा नेपाल र भारतका लोकप्रिय कलाकारहरुले फरक कथावस्तुका साथ चलचित्रमा अभिनय गरेको बताए ।

ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको अभिनय रहेको चलचित्र नेपाल र भारत लगायत विभिन्न देशमा नेपाली, हिन्दी र अन्य भाषामा पनि प्रदर्शन हुने निर्देशक पन्तले जानकारी दिए ।

अभिनेता तथा नेपाली चलचित्र इतिहासमै फरक कथावस्तु समेटेर तयार गरिएको चलचित्रले नेपाली समाजको वास्तविकता झल्काउने निर्देशक पन्तको भनाई छ । अभिनेत्री विपना थापा पनि लामो समयपछि यही फिल्ममार्फत् फेरि देखिँदैछन् ।

चन्द्र पन्तको निर्देशन रहेको यस चलचित्रमा हरिहर र नीतासँगै, चर्चित दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायतको अभिनय छ ।

विश्वकै ठूलो मानिएको भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा चलचित्रको छयाङ्कन गरिएको छ ।

अभिनेता हरिरहरद्वारा लिखित कथामा आधारित यो फिल्ममा बलिउड छायाँकार कवीरलालको छायांकन, मित्र डी गुरुङको सम्पादन, रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमनको कोरियोग्राफी छ ।

यो फिल्म नीता फिल्म्सको ब्यानरमा निर्माण भएको हो । सुदूरपश्चिममा जन्मथलो भएका निर्देशक पन्तले थुर्पै नेपाली चलचित्रसहित दर्जनौं भोजपुरी चलचित्रहरु निर्देशन गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया