काठमाडौं, कार्तिक २७ । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।
टिम ओनर स्वतन्त्रप्रताप शाह, मार्की प्लेअर दीपेन्द्र सिंह ऐरी र सुदूरपश्चिमका ब्राण्ड एम्बासडर दीपक विष्टले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् ।
मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको नाम र नम्बर अंकित जर्सी ड्रोनमार्फत कार्यक्रम हलमा प्रवेश गराएर रिभेल गरिएको हो । सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व प्रशिक्षक जगत टमाटा छन् ।