नेपाल प्रहरीका १८ जना एसपी बढुवा सिफारिस

१६ बैशाख, काठमाडौँ : नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एससएपी)मा बढुवा सिफारिस भएका छन् ।

शुक्रवार बसेको बढुवा समितिको बैठकले १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवामा पहिलो नम्बरमा नेपाल प्रहरी प्रधान कार्यालय यूएन शाखामा कार्यरत एसपी विश्व अधिकारी परेका छन्। त्यस्तै भुपेन्द्रबहादुर खत्री दोस्रोमा बढुवा सिफारिस भएका छन ।

सानुराम भट्टराई तेस्रो, ओमप्रसाद अधिकारी चौथो, शेखर खनाल पाँचौ, अबिनारायण काफ्ले छैटौं, सोमेन्द्रसिंह राठोर सातौँ, मुकुन्द मरासीनी आठौं, दीपशम्शेर जबरा नवौं, बेलबहादुर पाण्डे दशौँमा छन् ।

त्यस्तै, दिनेशराज मैनाली एघारौँ, गोपालचन्द्र भट्टराई बाह्रौँ, प्रविण पोखरेल तेह्रौँ, गंगा पन्त चौधौँ, कृष्णबहादुर पल्ली मगर पन्ध्रौँ, विश्वमणी पोखरेल सोह्रौँ, तारादेवी थापा सत्रौँ र प्रज्वल महर्जन अठारौँ नम्बरमा बढुवा सिफारिस भएका हुन ।
यस्तो छ बढुवा सूची

तपाईको प्रतिक्रिया