२२ बैशाख, काठमाडौँ : घुस वापत लिएको ५० हजार रुपैयाँ नगद र डेढ लाख रुपैयाँको चेकसहित नेपाल प्रहरीका नायव निरीक्षक (सई) पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापालका रुपमा कार्यरत सई विनोद विष्टलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरेको हो ।
अख्तियारले उनलाई घुस रकमसहित काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । उनी घुस रकम बुझ्नकै लागि महोत्तरीबाट काठमाडौं आएको पाइएको छ ।