नेपाल प्रजातान्त्रिक सेनानी संघ कैलालीको अध्यक्षमा रावल

धनगढी, असोज १२ । नेपाल प्रजातान्त्रिक सेनानी संघ कैलालीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

शनिबार रामसिंह रावलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

समितिको उपाध्यक्षमा भागिराम चौधरी र सचिवमा कबिराज जोशी चयन भएका छन् ।

समितिको सदस्यमा नरेशबहादुर शाह, डम्बरबहादुर देउवा, वीरबहादुर बोहरा, चन्द्रबहादुर बोहरा, धर्मसिंह ऐर, जयबहादुर दमाई, मिलन राई, खडक बिक, धनिराम राना, सुखराम चौधरी, भक्ती सापकोटा र मनिराम खनाल चयन भएका छन् ।

यसअघि अधिवेशनको उद्घाटन नेपाली काँग्रेसका जिल्ला सभापति एवम राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टले गरेका थिए ।

उदघाटन शत्रमा बोल्दै सभापति भट्टले लोकतान्त्रिक सेनानी संघका सबै सेनानीको नेपालको लोकतन्त्र स्थापनामा ठूलो योगदान रहेको बताए । उनले यही अनुभव, बिज्ञता, संघर्ष र सिकाई काँग्रेसका लागि महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक सेनानी संघका केन्द्रीय सदस्य पुष्करराज ओझा, केन्द्रीय सदस्य सुरेन्द्रबहादुर चन्द, केन्द्रीय सदस्य यज्ञनिधि कोईराला, नेपाली काँग्रेसका जिल्ला सचिव नृपबहादुर सुनार, नेपाल लोकतान्त्रिक सघ कन्चनपुरका जिल्ला अध्यक्ष लक्ष्मी बोहरा, पूव उपसभापती वीरबहादुर हमाल, मेनुका जोशीले मन्तव्य राख्नुभएको थियो ।

सेनानी हरि खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सेनानी शेरसिह खडकाले गरेका थिए भने कार्यक्रमको संचालन सेनानी प्रभात चौधरीले गरेका थिए ।

निर्वाचित पदाधिकारीलाई केन्द्रीय सदस्य पुष्करराज ओझा र जिल्ला सचिव नृप बहादुर सुनारले प्रमाण पत्र र टीका लगाएर बधाई तथा शुभकामना दिएका थिए ।

अधिवेशनले महाधिवेशन प्रतिनिधि चयन गरेको छ । महाधिवेशन प्रतिनिधिमा दिर्घराज भाट, वीरबहादुर हमाल, टिकादत्त जोशी, धर्मराज भट्ट र मेनुका जोशी चयन भएका छन् ।

तपाईको प्रतिक्रिया