काठमाडौँ । एसीसी यू–१९ एसिया कपअन्तर्गत श्रीलंकाविरुद्धको आफ्नो पहिलो खेलमा नेपालले पहिले फिल्डिङ गर्दै छ ।
कप्तान हेमन्त धामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् । खेल शारजहास्थित शारजहा क्रिकेट रंगशालामा सुरु हुँदै छ ।
आजै सुरु भएको प्रतियोगिताअन्तर्गत नेपाल रहेको समूह ‘बी’को अर्को खेलमा बंगलादेश र अफगानिस्तान भिड्दै छन् ।
नेपाली टोली
हेमन्त धामी (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रङ्गु थापामगर, मयन यादव, नरेन साउँद, युनिशविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार ।