नेपाल कम्युनिष्ट पार्टीद्वारा मीटर ब्याजका नाईकेकाे घर जग्गा कब्जा

२ असार, धनगढी  : नेपाल कम्युनिष्ट पार्टी कैलालीले मीटर ब्याजका नाईके मुनिर खानको घर कब्जा गरेको छन ।

शनिबार कैलालीको धनगढी उप महानगरपालीका वडा नम्बर १ पशुपती टोलमा रहेको शेख मुनिर खान अहमेदको घर जग्गा कब्जा गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी कैलालीका जिल्ला ईन्चार्ज प्रकाश मल्लले लामो समय देखि कैलालीका सर्बसाधारणलाई मीटर ब्याजमा फसाउदै घर न घाटको अवस्थामा पुर्याएका कयौ मीटर ब्याज पीडितहरुको उजुरीको आधारमा खानको घर जग्गा कब्जामा लिएको जानकारी गराए ।

मल्लले लामो समय देखि खानलाई सुध्रिने मौका दिदा पनि नसुध्रिएकाले घर जग्गा कब्जा गरिएको बताउदै अझै नसुध्रिएर जनतालाई दुख दिने काम गरे थप कारबाही गर्न बाध्य हुने जानकारी गराए ।

नेपाल कम्युनिष्ट पार्टीले मीटर ब्याज पीडित जनताको आग्रहमा र पार्टीको न्याय विभागमा आएको उजुरीको आधारमा खानको घर कब्जामा लिएको ईन्चार्ज मल्ले जानकारी गराए । सयौं जनतालाई घरवारविहीन बनाएर कयौंलाई आत्महत्या गर्न बाध्य पार्ने तथा कयौंलाई बेपत्ता हुन बाध्य बनाउने कुख्यात मिटरव्याजी शेख मुनिर अहमदको घर जनताको आग्रह र सहभागितामा जननियन्त्रणमा लिइएको जानकारी गराउदै ईन्चार्ज मल्ले कुख्यात अपराधी खानको अन्य चल–अचल सम्पत्तिको सूचना पाउने बित्तिकै जफन गरिने बताए ।

उनले कब्जा गरिएको उक्त सम्पत्तिको स्वामित्व पनि पीडित जनतामै रहने जानकारी गराए । धनगढीको पार्क मोेडबाट नारा जुलुश सहित गएको टोलीले मीटर ब्याजका नाईके खानको घर जग्गा ब्यानर टाँसेर कब्जा गरे पछि स्थानीय समेत खुसी भएका छन ।

ब्यानर टास्दै गर्दा आएका स्थानीयले खुसी ब्यक्त गर्दै घरमा आगो लगाउने समेतको आक्रोस पोखेका थिए । नेपाल कम्युनिष्ट पार्टीले मीटर ब्याजका नाईके मुनिर खानको घर कब्जा गरे पछि खुसी भएका उनीहरुले आफ्नो परिचय भने खुलाउन चाहेनन । राम्रो काम गनु भयो , यसले टोलमा पनि सबैलाई सताएको छ नाम नबताउने शर्तमा एक जना मुस्लिम महिलाले बताईन । नाम भने पछि मुद्धा हालेर सताउन सक्ने बताउदै उनले भिडोयोमा अनुहार समेत देखाउन चाहेनन । त्यसैगरी अर्का एक जना स्थानीयले पनि खानलाई भौतीक कारबाही गरे पनि कमै हुने बताउदै नेपाल कम्युनिष्ट पार्टीले उदाहरणीय काम गरेको बताए । लामो समय देखि कैलालीका सर्ब साधारण नागरिकहरुको जमीन पास बन्दकीको नाम्मा कब्जा गर्दै आएका खानको घर जग्गा कब्जा गरिए पछि खुसी भएका स्थानीयले खानको विरुद्ध आको्रस पोखे पनि डर र त्रासका कारण परिचय खुलाउन चाहेनन ।

पार्क मेडबाट सुरु भएको जुलुशमा मीटर ब्याजीलाई कारबाही गरौ, मुनीर खानलाई फासी दिऔ, लघुवित्त र वित्तीय संस्थाहरुको ज्यादती बन्द गरौ, बैज्ञानीक समाजबादी ब्याबश्थाका लागी संघर्ष गरौ, एकीकृत जनक्रान्ती जीन्दाबाद जस्ता नाराहरु लगाइएका थिए ।

तपाईको प्रतिक्रिया