नेपाली सेनामा जागिर लगाई दिने भन्दै ठगी गर्ने एक युवक पक्राउ

२५ असार, धनगढी  : नेपाली सेनामा जागिर लगाई दिने भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन ।

नेपाल आर्मीको भान्सेको लागि भर्ना खुलेको  भन्दै डोटी जिल्लाको पुर्बीचौकी गाँउपालिका वडा नं. ७ बस्ने देब बहादुर विकका घर परिवारका मानिसलाई जागिर लगाई दिन्छु भनी विभिन्न किसिमका प्रलोवन देखाई आवश्यक कागजात माग गरी नेपाली सेनाका तेघरी लगायत विभिन्न तालिम केन्द्र रहेका स्थानहरुमा उनीहरुलाई बोलाउदै आवेदन फारम भर्ने तथा विभिन्न चरणका परिक्षाहरुमा पास गराई जागिर लगाई दिन्छु भन्दै दिनेश बिष्ट नाम बताउने गरेका उनले रु.४ लाख २० हजार रकम मागी सम्पर्क बिहिन भएका उनको नाममा ठगी गरेको निवेदनको आधारमा उक्त व्यक्तीको बारेमा अनुसन्धान गर्दा वास्तविक नाम ठेगाना जिल्ला बैतडी दशरथचन्द नगरपालीका वडा नम्बर ११ बस्ने ३५ बर्षका महेश राम लावड भएको खुल्न आएको छ ।

महेश राम लावडको खोज तलासका लागी खटिएको प्रहरी टोलीले उनलाई यहि असार २३ गते बाँके जिल्लाको राप्तीसोनारी गाउपालीका वडा नम्बर ९ शम्सेरगंजमा डेरा गरी लुकिछिपी बसेकोे अवस्थामा फेलापारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी नेपाली सेनामा २०६२ देखी २०७३ साल सम्म जागिर गरी त्यस पश्चात सुर्खेत ब्यारेकबाट भगौडा खाली भएको समेत खुल्न आएको छ ।

उक्त व्यक्तीको नाममा कसुरमा मुद्दा दर्ता भई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भई रहेको प्रहरी प्रवक्ता (नायव उपरिक्षक) कुलदिप चन्दले जानकारी गराए ।

साथै चन्दका अनुसार उक्त व्यक्ती यस भन्दा पहिले पनि बिभिन्न स्थानमा मनोज रावत,रमेश सिंह बिष्ट,मनोज सिंह बिष्ट, दिनेश बिष्ट भनी फरक फरक परिचय बताउदै नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरु संग राम्रो सम्बन्ध छ भनी ठगी गर्दै सुर्खेत स्थित नेपाली सेनाको प्राविधिक पदमा भर्ना गरि दिने भनी एक जना महिला र कार्यालय सहयोगीमा भर्ना गरी दिने भनी एक जना पुरुषबाट समेत ३ लाख ठगी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी गराए ।

उक्त व्यक्तीले सोही प्रकृतिबाट ठगी गरेको हुन सक्ने भएकाले अन्य कोही कसैलाई ठगी गरेको भए पहिचान गरी कार्यालयमा सम्पर्क राख्न हुन समेत जिल्ला प्रहरी कार्यालय कैलालीले अनुरोध गरेको छ ।

 

तपाईको प्रतिक्रिया