नेता यादवमाथि कुटपिट गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग

२३भदौ धनगढीः नेपाली काँग्रेसका सहमहामन्त्री तथा नेता महेन्द्र यादवमाथि कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै नेपाल तरुण दल कैलाली समितिले प्रधानमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमार्फत तरुण दलले कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाउनु भएको हो ।
नेपाल तरुण दलका कार्यवाहक अध्यक्ष निराजन खडकाले प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई ज्ञापनपत्र बुझाउनु भएको थियो ।
नेता यादवमाथि काठमाण्डौंको भृकुटीमण्डपमा रहेको रिपोर्टस क्लबको कार्यक्रममा सहभागि भएर बाहिरिने क्रममा भदौ २० गते दिउँसो खुकुरी प्रहार भएको थियो ।
‘नेता यादवमाथि आक्रमण गर्ने ब्यक्ति, समुह जो भएपनि तत्काल कानुनी कारबाहीकालागि नेपाल सरकारसंग माग गर्दै यो घटनाको गम्भिर अनुसन्धान गरि यथार्थता सार्वजनिक गर्न अनुरोध गर्दछौं’ ज्ञापनपत्रमा भनिएको छ ।
साथै यस्ता घटनाले आम नागरिकमा असुरक्षा, राज्यमा दण्डहीनता र अराजकताले प्रसय पाउने खतरा बढेकाले शान्ति सुरक्षाको प्रत्याभुति हुने वातावरण तयार गर्न तरुण दलका अध्यक्ष खडकाले अनुरोध गर्नु भयो ।
नेता यादव नेपाल तरुण दलका पूर्व अध्यक्ष तथा नेपाल सरकारका पूर्व खानेपानी मन्त्री हुन् ।
ज्ञापनपत्र बुझाउन तरुण दलका केन्द्रिय सदस्य लोकबहादुर खडका (रवि), अमृत विसीसाथै तरुण दलका नेताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया