नियमित उपचारका लागि आउनुलाईनै अस्पताललाई दोषी बनाउन खोजीयो


२ जेठ, धनगढी : कैलालीको धनगढीस्थित निसर्ग अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिले अस्पतालमा एक सातामा दुई सुत्केरी महिलाको मृत्यु आफ्नो अस्पतालमा भएको भन्ने खबरमा कुनै पनि सत्यतथ्य नरहेको प्रस्ट पारेको छ ।

कञ्चनपुरबाट संचालित समाचार पोर्टल मानसखण्डले ‘आमा मार्ने अस्पताल नै हो त धनगढीको निसर्ग अस्पताल ?’ शिर्षकमा समाचार प्रकाशन गरेपछि अस्पतालमा कुनै पनि सुत्केरी महिलाको मृत्यु नभएको भन्दै सोमबार निसर्ग अस्पतालले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त घटनाबारे सत्य तथ्य जानकारी दिएको हो ।

समाचारमा उल्लेखित गौरिगंगाकी हिरा चौधरी उच्च रक्तचापकाकारण राती अस्पतालको आक्समिकमा आउँदा प्रारम्भिक उपचार गराएर फर्केकी र सरला सिलाधरको मृटु रोगको समस्याका कारण घरमै मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक चौधरी सेति प्रादेशिक अस्पतालमा उपचाररत थिइन भने तुलाधर मुटुको समस्या ठिक नहुने भएपछि उपचारपश्चात घर फर्केको अस्पतालका कार्यकारी अध्यक्ष तिर्थराज पन्तले बताए । उनका अनुसार तुलाधर मुटुको समस्याबाट काठमाडौंको शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत थिइन् । वैशाख ३० गते उनी निसर्गमा उपचार गराएर घर फर्केकी थिइन भने वैशाख २१ गते अस्पतालको आक्समिक उपचार गराएकी चौधरी सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन् ।

‘गोरखापत्रको समाचारलाई साभार गरेर नियमित उपचारका लागि आउनुलाईनै अस्पताल दोषी हो झै स्थापित गर्न सञ्चार माध्यमले खोजेको छ । विरामी अस्पतालमा उपचारका लागि आएकै भरमा अस्पतालको शाखा र विश्वसनियतामा आँच आउने गरी समाचार प्रस्तुत गरिनु पत्रकारिताको मर्मविपरित हो ।’ स्वास्थ्य विज्ञानसगँ जोडिएका विषयबस्तुलाई विज्ञापनका लागी राखेर चाहना परिपूर्ति नहुदैमा मनगण्न्ते रुपमा समाचार प्रकाशन गर्दा सिंगो सञ्चारजगतकै विश्वशनियतामा धक्का लाग्ने गरेको ’ पन्तले बताए ।

तपाईको प्रतिक्रिया