धनगढी, मंसिर ५ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले जिल्ला समन्वय समिति (जिसस)कैलालीको प्रमुखका लागि दर्ता गरेको उम्मेदजारी फिर्ता लिने भएको छ।
नागरिक उन्मुक्ति पार्टीबाट रुपमती डगौरा थारुले आफ्नो उम्मेदवारी फिर्ता लिन लागेकी हुन् ।
नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले जिसस कैलालीको प्रमुख पदका लागि दर्ता गरिएको उम्मेदवारी फिर्ता लिने निर्णय भएको बताए।
जिल्ला समन्वय समिति कैलालीमा नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्धन गरेपछि जित सुनिश्चित बस्तै बनेको थियो ।
जम्मा २५ मत रहेको कैलालीमा दुई उम्मेदवार मैदानमा हुँदा जितका लागि १३ मत आवश्यक हुन्छ । यस्तोमा काँग्रेस र एमालेले गठबन्धन गर्दा जित निश्चित बनेको थियो । काँग्रेससँग ८ भोट छन् भने एमालेसँग पाँच भोट छ। नाउपासंग सात, नेकपा माओबादी केन्द्रसँग तीन र एकीकृत समाजबादीसंग एक मत छ ।
जिल्ला समन्वय समिति कैलालीको प्रमुख पदका लागि उम्मेदवारी दर्ता गरेको नागरिक उन्मुक्तिले फिर्ता लिएपछि नेपाली काँग्रेसकी उम्मेदवारी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित हुने भएकी छन्।
नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति, कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचन यही मंसिर १६ गते हुँदैछ ।