नहरमा डुबेर एक शिक्षकको मृत्यु

१८ जेठ, धनगढी  :  रानी जमरा सिचाईं आयोजनाको नहरमा डुबेर एक शिक्षकको मृत्यु भएको छ ।

जिल्लाको लम्किचुहा नगरपालिका–३ बल्चौरस्थित रानी जमरा सिचाईं आयोजनाको नहरमा पौडी खेल्ने क्रममा लम्किचुहा–५ का ३४ वर्षीय शिक्षक जब्बर बडुवालको डुबेर निधन भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

स्थानीयले पानीबाट निकालेर उपचारको लागि लालरत्न अस्पताल लम्की लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया