२४ वैशाख, कैलाली : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजनामा नव वर्ष २०८० सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम समपन्न गरिएको छ ।

उक्त भित्तेपात्रो विमोचन कार्यक्रम गोदावरी नगरपालिका ७ लालपुरमा संस्थाका अध्यक्ष पुर्ण भाटको सभापतित्व तथा प्रमुख अतिथि लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमिति सदस्य पदम धामी, विशिष्ट अतिथि डेउडा प्रतिष्ठानका केन्द्रीय कार्यसमिति अध्यक्ष दल बहादुर बोगटी तथालोक तथा दोहोरी गीत प्रष्ठिान नेपाल कैलाली जिल्लाकी वरिष्ठ उपाध्यक्ष लगायत स्थानियहरुको उपस्थिति रहेको थियो । र उक्त कार्यक्रमको संचालन प्रदेश स–सचिव लोकेश खनालले गरेका हुन ।

यसका साथै हाटखोलिमा बृहत वनभोज कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम गर्दै उक्त समाहरोलाई समापन गरिएको थियो ।