नयाँ व्यवस्थासहित होटल कृष्टलको आज रि ओपनिङ आफ्नै भवनमा

६ असार , धनगढी  :  धनगढी नयाँ व्यस्थापनका साथ होटल कृष्टल सञ्चालनमा आएको छ ।

२०६७ सालदेखि धनगढीमा सेवा दिदैँ आएको होटल कृष्टल आज आफ्नै भवनमा आधुनिक तथा नयाँ व्यस्थापनका साथ सञ्चालनमा आएको हो ।

होटलको उद्घघाटन होटल संचालककी आमा भागेश्वोरी पाण्डेय र उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवरले गरेका हुन ।

उद्घाटनमा धनगढी उपमहानगरपालिका मेयर गोपाल हमाल लगायत कैलाली होटल व्यवसायी संघका पदाधिकारी, सदस्य र विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

होटलमा एसी र नन एसी गरी १० वटा रुम तथा पारिवारिक वातावरणसहितको रेस्टुरेन्ट समेत रहेको छ ।

होटलमा १ करोड लगानी गरेको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशबदत्त पाण्डेयले बताए ।

तपाईको प्रतिक्रिया