धनगढी, पुस १ । धनगढी लेडी जेसीजको अध्यक्षमा संगीता शाह निर्वाचित भएकी छन् ।
धनगढीमा भएको शाखाको ११औं अधिवेशनले शाहलाई वर्ष २०२५ का लागि अध्यक्षमा चयन गरेको हो ।
समितिको कार्यकारिणी उपाध्यक्षमा रक्षा मल्ल र ऐश्वर्य बिष्ट चयन भएका छन् । अन्य उपाध्यक्षमा उमा खड्का, बसन्ती मल्ल, सन्ध्या शर्मा र लक्ष्मी अधिकारी चयन भएका छन् ।
त्यस्तै महासचिवमा पार्वती जोशी र कोषाध्यक्षमा सम्झना खड्का चयन भएका छन् ।
समितिको कानूनी सल्लाहकारमा लक्ष्मी सिंह निर्वाचित भएकी छन् ।