धनगढी जेसीज वर्ष २०२५ को अध्यक्षमा भट्ट चयन

धनगढी, मंसिर २२ । धनगढी जेसीज वर्ष २०२५ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ ।

जेसीजको शुक्रबार भएको ४२औं अधिवेशनले लोकराज भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जेसीजको नयाँ कार्यकारी उपाध्यक्षमा दीपक गौतम र यज्ञराज जोशी, उपाध्यक्षमा सन्तोष पन्त, चेतराज पाण्डे, कमल बम र केशव अवस्थी चयन भएका छन् ।

महासचिवमा आशिष शाह, कोषाध्यक्षमा महेश्वर ओझा र कानूनी सल्लाहकारमा हरि जोशी चयन भएका छन् ।

नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको धनगढी जेसीज वर्ष २०२४ का अध्यक्ष अरुण सिंहले जानकारी दिए ।

 

 

तपाईको प्रतिक्रिया