धनगढी उपमहानगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पहिलो पटक सांकेतिक भाषाको प्रयोग

८ असार, धनगढी  :  धनगढी उपमहानगरपालिकाले बिहीवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

बिहीवार नगरप्रमुख गोपाल हमालले आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।

उपमहानगरपालिकाले दसौं नगर सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पहिलोपटक सांकेतिक भाषाको प्रयोग गरिएको छ ।

श्रवण शक्ति नभएका र कम भएका व्यक्तिहरूले नगर सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई बुझ्न् सहज होस् भन्ने उद्देश्यले सांकेतिक भाषाको प्रयोग गरिएको उपमहानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया