४ असार, धनगढीः कैलालीको धनगढीमा पुनः तीन दिन गर्मी बिदा दिने निर्णय गरिएको छ।
उपमहानगरपालिकाले आज (मंगलबार) एक सूचना जारी गर्दै भोलि (बुधबार) देखि ७ गतेसम्म धनगढीका समुदायक विद्यालयहरुमा बिदा दिने निर्णय भएको हो। अत्यधिक गर्मीका कारण विशेष गरी बालबालिका र विद्यार्थीमा पर्न गएको असुविधालाई मध्यनजर गरेर तीन दिन गर्मी बिदा दिएकाे हाे ।
हाल अत्यधिक गर्मीका कारण बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयमा अध्यन/अध्यापन नगराई बिदाको व्यवस्था मिलाउन सुचनामा उल्लेख गरिएको छ ।