धनगढी उपमहानगरपालिकाको दशौं नगर सभा शुरु

७ असार, धनगढी  :  धनगढी उपमहानगरपालिकाको दशौं नगरसभा अधिवेशन शुरु भएको छ । उपमहानगरपालिकाको सभा हलमा बिहिबार दिउँसो नगरसभा अधिवेशन शुरु भएको छ ।

सभामा नगर प्रमुख गोपालबहादुर हमालले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पेश गर्ने तय भएको छ ।

दशौ नगर सभामा नीति तथा कार्यक्रमसंगै आगामी आर्थिक वर्षको बजेट, नगरलाई आवश्यक पर्ने ऐन, नियमावली, कार्यविधिमा पनि छलफल हुने छ ।

नगर सभालाईनै लक्षित गरेर उपमहानगरपालिकाले जेठ ४ गतेदेखि १० गतेसम्म नगरभित्रका अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गरेको छ ।

तपाईको प्रतिक्रिया