धनगढी उपमहानगरद्धारा नगरवासीलाई दाहसंस्कार खर्चबापत ५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय

१असोज,धनगढीः कैलालीको धनगढी उपमहानगरले नगरवासीलाई दाहसंस्कार खर्चबापत ५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था देखेपछि नगर प्रमुख गोपाल हमाल नेतृत्वको उपमहानगरले दाहसंस्कार खर्च स्वरूप घरमै गएर ५ हजार सहयोग गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको आईतबार बसेको बैठकले दाहसंस्कारका लागि दाउरा खरिद गर्न मृतकको परिवारलाई ५ हजार सहयोग गर्ने निर्णय गरेको मेयर हमालले जानकारी दिनुभयो।

उपमहानगरको नवौं स्थापना दिवसको अवसरमा आज सोमबार आयोजित कार्यक्रममा उहाँले अन्तिम संस्कारका लागि शवबाहन र बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिएकोे बताउनुभयो ।

सेवाग्राहीले नगर प्रहरीबाटै शवबाहन र एम्बुलेन्स सेवा पाउन सक्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया