२९ असार, धनगढीः धनगढी–अत्तरिया छ लेन सडकमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका ३५ वर्षीय भिमबहादुर पुन रहेका छन् । अत्तरियाबाट धनगढी तर्फ आउँदै गर्दा उनी सवार सुदूरपश्चिम प्रदेश ०१–००८ प ३३३७ नम्बरको मोटरसाईकल गोदावरी नगरपालिका–५ गेटामा माछापालनको गेट नजिकै छाडा गोरुसंग ठोक्किदा दुर्घटनामा परेकाे थियाे ।
दुर्घटनामा परि गम्भीर घाइते भएका पुनकाे उनको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गोरुपनि घटना स्थलमानै मरेको र सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।