धनगढीमा हाइमास्ट लाइटको तार चोरी

३० चैत, धनगढी : धनगढीमा हाइमास्ट लाइटको तार चोरीमा संलग्न एक जना प्रकाउ परेका छन ।

मोहनापुल–अत्तरिया ६ लेन सडकको मिलनचोक र भन्सार अगाडिको पोलमा जडान गरिएको तामाको सर्विस केवल (तार) चोरी गर्ने कञ्चनपुरको भीमदत्त नगरपालिका ११ का जयराज चौधरी पक्राउ परेका हुन । कैलाली प्रहरीका अनुसार उनी विरुद्ध चोरी शिर्षकमा मुद्दा दर्ता गरिएको छ ।

धनगढी उपमहानगरका विद्युत्त इकाइ प्रमुख महेश भट्टका अनुसार २० मिटर तामाको सर्विस केवल चोरी भएको हो । चोरीमा संलग्न चौधरीले तार बिक्री गरेको पाइएको छ । पक्राउ परेका चौधरीलाई प्रहरीले आवश्यक अनुसन्धान र कारबाही गर्ने भएको छ ।

धनगढी उपमहानगरपालिकाले आज (बिहीवार) साँझ हाइमास्ट लाइटको उद्घाटन गर्ने तय गरेको छ । तार चोरी भने बुधवार राति भएको हो । चोरी भएको तारको बजार मूल्य एक हजार ४ सय प्रति मिटर रहेको भट्टले बताए। चौधरीले २८ हजार मूल्यको तार चोरी गरेका हुन् ।

तपाईको प्रतिक्रिया