२ भाद्र, धनगढी : धनगढीमा सजल नृत्य कला केन्द्रको स्थापना गरिएको छ ।
धनगढी उपमहानगरपालिका वडा न ३ चटकपुरमा रहेको अस्थाई प्रहरीपोस्ट नजिकै उक्त कला केन्द्रको उद्घाटन गरिएको हो ।
शनिवार विहान वडा न ३ कि वडा सदस्य मिना सिह तथा रविन कलाकेन्द्रका सञ्चालक तथा डेउडा प्रतिष्ठानका आजिवन सदस्य सुरज शाह द्वारा समुदघाटन गरिएको हो ।
बालबालिकाहरुमा भएका कलाहरुलाई प्रस्फुटन गर्न तथा उनीहरुको क्षमता अभिवृद्धी गर्दै कलासंगितको क्षेत्रमा अवसरमुखी बनाउदै कलाक्षेत्रमा स्थापित गर्ने उद्देश्यले नृत्य कलाकेन्द्रको स्थापना गरिएको डेउडा प्रतिष्ठानकी आजिवन सदस्य तथा सजल नृत्य कलाकेन्द्रकी सञ्चालिका पुस्पा बडैलाले बताईन ।
उक्त समुदघाटन कार्यक्रममा विभिन्न संघसंस्थाहरुका पदाधिकारी , डेउडा प्रतिष्ठानका पदाधिकारी ,कलाक्षेत्रमा आवद्ध कलाकारहरु स्थानीय कलाकार तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।