२२ जेठ, धनगढी : विश्व वातावरण दिवसको अवसरमा धनगढीमा साइकल र्याली गरिएको छ ।
धनगढीको एरिष्टो बोर्डिङ स्कुलका विद्यार्थीले निकालेको साइकल र्याली धनगढी उपमहानगरपालिका–८ बुद्धचोकबाट सुरू भई धनगढीको पार्कमोड पुगेर समापन गरिएको थियो ।
इन्धनको खपत घटाउन तथा शरीरको क्यालोरी खपत गर्न दैनिक साइकल चलाउने सन्देश दिन साइकल ¥याली आयोजना गरिएको विद्यालयका शिक्षक विकाश विश्वकर्माले बताए ।
साइकल र्यालीमा एरिष्टो स्कुलमा अध्ययनरत ४० जना विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेको थियो । साइकल र्यालीपछि पार्कमोडमा भएको कार्यक्रममा गौरव उपाध्याय, योगेश ठाकुर, प्रतिज्ञा साउँद सुधा पौडेललगायत विद्यार्थीले वातावरण जोगाउने सन्देश समेटिएका कविताहरु समेत वाचन गरेका थिए ।