धनगढीमा लागूऔषधसहित एक जना पक्राउ

३ असार, धनगढीः कैलालीको धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

बैतडीको पाटन नगरपालिका–८ का २२ वर्षीय गणेश महरा लागुऔधसहित धनगढीबाट पक्राउ परेका हुन्।

शनिबार प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ भन्सार ब्यारेलबाट २ ग्राम ८ सय मिलिग्राम लागूऔषधसहित महरालाई पक्राउ गरेकाे थियाे ।

उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

तपाईको प्रतिक्रिया