धनगढीमा लागुऔषध सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न

१४ साउन, धनगढी : धनगढीमा आज विद्यार्थी र अभिभावकलाई लक्षित गरी प्रभावकारी लागुऔषध दुरुपयोग सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

रिकभरिङ नेपालसँगको सहकार्यमा आज अमेरिकन कर्नर धनगढी र कैलाली उद्योग वाणिज्य संघले विद्यार्थी र अभिभावकलाई लक्षित गरी उक्त कार्यक्रकाे आयाेजना गरिएको हो ।

उक्त कार्यक्रमलाई रिकभरिङ नेपालका समीर मल्ल र दीपक बोगटीले सञ्चालन गरेका थिए । कार्यक्रममा समुदायबाट सक्रिय सहभागिता रहेको थियो, भने विभिन्न महत्त्वपूर्ण प्रश्नहरू सोधिएका थिए।

यस कार्यक्रमको मुख्य उद्देश्य सहभागीहरूलाई लागूपदार्थको दुरुपयोगलाई प्रभावकारी रूपमा लड्न शिक्षित र सशक्त बनाउनु रहेको थियो।

 

 

तपाईको प्रतिक्रिया