धनगढीमा रेडियो प्राविधिकहरुको क्षमता विकासका लागी ३ दिने तालिम सुरु

१५ बैशाख, धनगढी : धनगढीमा रेडियोमा कार्यरत प्राविधिकहरुको क्षमता विकासका लागी ३ दिने तालिम सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमको सहकार्यमा आज ( शुक्रवार) देखि तालिम सुरु भएको हो ।

तालिममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका रेडियो प्राविधिकहरुको सहभागिता रहेको छ ।

पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको तालिमको उद्घाटन शत्रमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलराज ढकाल प्रमुख अतिथि रहेका थिए । तालिमको मुख्य प्रशिक्षकका रुपमा बसन्त श्रेष्ठ रहेका छन ।

तपाईको प्रतिक्रिया