धनगढीमा राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० को आयोजना गरिने

धनगढी । नेपालमै पहिलोपटक कैलालीको धनगढीमा राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० को आयोजना गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रालिको आयोजनामा अवार्ड हुने भएको हो ।

राष्ट्रिय थारु म्युजिक अवार्ड २०८० का बारेमा आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ । नेपालमा पहिलोपटक थारु चलचित्र, म्युजिक भिडियो तथा थारु लोक कला क्षेत्रका कलाकारहरुलाई सम्मान स्वरुप राष्ट्रिय स्तरको अवार्ड आयोजना गरिएको आयोजकले जनाएको छ ।

पछिल्लो समय बदलिँदो परिवेश संगै थारु कलाकारहरुलाई समाज, सस्कृति,भाषा तथा कला क्षेत्रको विकासमा जागरुक गर्न र उत्प्रेरित गराउने उदेश्यसहित नेपालमै पहिलोपटक राष्ट्रिय थारु म्युजिक अवार्ड गर्न लागिएको आयोजक बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रालिका अध्यक्ष हरेन्द्र चौधरीले बताए ।

उनकाअनुसार म्युजिक अवार्डमा देशभरका सम्पुर्ण थारु कलाकारलाई उत्साहपुर्वक सहभागिता गराउने लक्ष्य राखिएको छ । जसका लागि ७ वटै प्रदेश तथा जिल्ला कार्यसमिति मार्फत कलाकार मनोनयन प्रक्रियामा सहभागी गराउन राष्ट्रिय थारु कलाकार मञ्च केन्द्रिय समिति मार्फत हरेक प्रदेश समितिसहित सबै कलाकारहरुलाई समन्वय गरिनेछ ।

म्युजिक अवार्डमा सर्वोत्कृष्ट आधुनिक गाएन (पुरुष), सर्वोत्कृष्ट आधुनिक गाएन(महिला),सर्वोत्कृष्ट लोक गीत गाएन(पुरुष) सर्वोत्कृष्ट लोक गीत गाएन(महिला) ,सर्वोत्कृष्ट पप गाएन(पुरुष), सर्वोत्कृष्ट पप गाएन(महिला) सर्वोत्कृष्ट गाएन (पुरुष ) ,सर्वोत्कृष्ट गाएन(महिला) ,सर्वोत्कृष्ट फिल्म स्क्रिप्ट लेखन, सर्वोत्कृष्ट गीत स्क्रिप्ट लेखन, सर्वोत्कृष्ट फिल्म निर्देशक,सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक, सर्वोत्कृष्ट द्वन्द निर्देशक, सर्वोत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट छायांकार , सर्वोत्कृष्ट दृश्य सम्पादक, सर्वोत्कृष्ट नव प्रतिभा (पुरुष) ,सर्वोत्कृष्ट नव प्रतिभा (महिला) सर्वोत्कृष्ट एल्बम, सर्वोत्कृष्ट गीत, सर्वोत्कृष्ट मोडल (पुरुष), सर्वोत्कृष्ट मोडल ९महिला०, सर्वोत्कृष्ट युगल मोडल, सर्वोत्कृष्ट म्युजिक कम्पनी, सर्वोत्कृष्ट कला पत्रकारीता गरि २५ विधामा मनोनयन दर्ता गर्न सकिनेछ ।

अवार्ड कार्यक्रममा सहभागीताका लागि यही माघ २१ गतेदेखि (ग्लोबल अनलाइन पे) अनलाइनमार्फत मनोनयन दर्ता प्रक्रिया खुल्ला गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया