धनगढीमा रहेको कैलाली माविकाे आयाेजनामा आत्मरक्षा तालिम सम्पन्न

२० असार, धनगढी :  धनगढीमा रहेको कैलाली मोडेल माविले आयाेजना गरेकाे  आत्मरक्षा तालिम आज सम्पन्न गरेकाे छ ।

विद्यालयले  कक्षा १२मा अध्यनरत ४०-४५ जना छात्राहरुको समुहलाई ५ दिने आत्मारक्षा तालिम  दिएकाे हाे , साे कार्यक्रम आज सम्पन्न गरेको हाे ।

धनगढी उपमहानगरपालिका वार्ड न ४ का अध्यक्ष बुद्धि बहादुर खड्काको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रममा सम्पन्न भएको हो ।

अध्यक्ष खड्काले यस् आत्म रक्षा तालिम अहिले सम्म कुनै पनि निजि विद्यालयमा नगरेको र आजको समयमा छोरी चेलिका लागि यस्ता कार्यक्रम गर्न एकदमै आवश्यक रहेको बताउदै कैलाली मोडेल माबिले सञ्चालन गरेको आत्मरक्षा तालीमका लागि विद्यालयलाई धेरै धेरै धन्यवाद समेत दिएका छन्।

त्यस्तै कैलाली मोडेल माबिका प्राचार्य तपेन्द्र बहादुर सिंहका अनुसार विद्यालयमा अधयन गर्ने बालबालिकाहरु लाई समेत खेलकुदमा कुनै रोक टोक नगरेको र तेक्वान्दो खेल पुर्ण रूपमा निशुल्क गरेको बताए । साथै आजको आवशकता अनुसारनै छोरिहरुको लागि आत्मा रक्षा तालीम रहेको बताए ।

तालीमका निम्ति खेल जगतमा प्रख्यात टोलिबाट ५ दिने तालिम सम्पन्न पनि उनले बताए ।

सथै कैलाली मोडेल मावका खेल प्रशिक्षक पृथ्वी राज घिमिरेका अनुसार यो तालिम आब यस् कैलाली मोडेल मावले वडा वडा अन्तरगको टोल टोल हरुमा अभियान कै रूपमा लैजाने बताएका छन् । आई पर्दा छोरी बेटिहरुले आफू सुरक्षित रहन सकुन भन्न यस्ता तालिमको मुख्य उद्देश्य रहेको जानकारी गराए ।

तपाईको प्रतिक्रिया