धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु

१ साउन , धनगढी  :  कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा सुदूरपश्चिम प्रदेश ०१००९ प ७३८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सोमबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा परि धनगढी उपमहानगरपालिका–१७ का २१ वर्षीय राजु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढी हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको निसर्ग अस्पतामा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया