धनगढीमा मनसुन सुरु हुन पहिलेनै विपद् पूर्व तयारीका लागि छलफल

४ जेठ, धनगढी : मनसुन सुरु हुन पहिलेनै विपद् पूर्व तयारीका लागि धनगढीमा आज छलफल गरिएको हो ।

मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना अध्यावधिक गर्न सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालय,स्थानीय प्रशासन, सुरक्षा निकाय र विभिन्न संघ÷संस्थाहरुसँग बसेर विपद्बाट क्षति कम गर्न गर्नुपर्ने कामको बारेमा छलफल गरिएको हो ।

बर्सातको समयमा हुने सम्भावित विपद्लाई ध्यानमा रोखेर पूर्व तयारीका योजना निर्माणमा जोड दिइनुका साथै सुरक्षा, शिक्षा, स्वास्थ्य, आवाश तथा खानपानको विषयमा ध्यान दिन पूर्व तयारीमा सचेत रहनुपर्ने डाक्टर जगदिश जोशील बताए ।

जिल्ला पशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले विपद्को समयमा पूर्व सैनिकहरुको प्रयोग गनूपर्ने हुदा स्थानीय तहहरुसँग सो विषयमा छलफल गर्नसमेत आवश्यक रहेको उनले बताए । सुदूरपश्चिम भूकम्पको उच्च् जोखिममा देखिएकाले सबैले यो क्षेत्रमा काम गर्नुपर्ने धारणा व्यक्त गरेका छन ।

साथै सुदूरपश्चिममा विपद्को समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा रेडक्रश लगाएतका विभिन्न संस्थाहरुले गर्ने अ–आफ्नो तयारीका बारेमा उक्त छलफलमा जानकारी गराएका थिए ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव लक्ष्मी प्रसाद जोशीको सभापतित्वमा भएको छलफलमा सुपर परियोजना स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्र, सबै सुरक्षानिकायका प्रतिनिधी लगायत विभिन्न बिषयगत क्षेत्रमा आवद्ध सरोकारबालाहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया