
५ असार, धनगढी : धनगढीमा बेहोस् भएर ढलेका एक जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो १ बजेर ४५ मिनेटतिर धनगढी उपमहानगरपालिका–१६ स्थित बेहडाबाबा मन्दिरमा गंगा दसहरा मेलामा होटल (स्टल) मा काम गर्ने ५३ वर्षीय बलराम मग्राठीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले मग्राठीको सेती प्रादेशिक अस्पतालमा उचारका क्रममा मृत्यु भएको बताए । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ ।